बालिकामाथि यौन दुर्व्यवहार

बालिकामाथि यौन दुर्व्यवहार

इलाम ( सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ। बालिकालाई अपशब्द बोल्दै दुर्व्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार बालिका आफ्नै घरमा बसिरहेका बेला पाठकले हप्काउँदै बालिकाको संवेदनशील अङ्ग समातेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक चूडामणि पौडेलका अनुसार बालिका कराएपछि घरका अन्य सदस्यले जानकारी पाएका थिए। बालिकाका आफन्तको उजुरीपछि पाठकलाई शुक्रबार पक्राउ गरेर करणीअन्तर्गत दुर्व्यवहारमा मुद्दा दायर गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: