नयाँ शक्तिको नगर कमिटि गठन

नयाँ शक्तिको नगर कमिटि गठन

मोरङ, नयाँ शक्ति नेपालको पथरीशनिश्चरे नगर कमिटि पूनः गठन भएको छ । वडा नं. ६ मा रहेको धिमाल समुदायिक भवनमा एक औपचारिक कार्यक्रमका बिच नगर कमिटि पूनः गठन भएको हो ।

तारा दवाडीको संयोजकत्वमा ३१ सदसीय नयाँ कार्यसमिति तय भएको युवा शक्ति नेपालका जिल्ला संयोजक एल बि भण्डारीले जानकारी दिए । नगरको संगठन विभागको जिम्मेवारी भने एल बि भण्डारीलाई नै दिइएको छ । आगामी दिनहरुमा गुण र दोषका आधारमा पथरीशनिश्चरे नगरमा रचनात्मक प्रतिपक्ष्यको भुमिका निर्वाह गर्ने निर्णय भएको भण्डारी बताए ।

कार्यक्रमका नयाँ शक्ति पार्टी नेपालका जिल्ला कार्यवाहक संयोजक मनोहरि दाहालको प्रमुख आथित्य रहेको थियो । नगर संयोजक तारा दबाडी र युवा स्वरोजगारको प्रमुख मनोज पौडेल, नयाँ शक्ति विद्यार्थी युनियनका प्रदेश नं १ का संयोजक कमल पोखरेल, युवा शक्ति नेपालका जिल्ला संयोजक एल बि भण्डारी, उर्लाबारी नगरका नगर संयोजक राधिका नेपाल र १ नं प्रदेशका युवा शक्ति नेपालका सदस्य गोविन्द कार्कीको आतिथ्यता ।रहेको थियो । नव गठित कार्यसमितिले आउने आइतबार यश नगरका बिभिन्न समस्या र जनगुनासोलाई यश नगरप्रमुखलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत भएको भण्डारीले बताए ।

सम्बन्धित खवर