नेपाल पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा, शनिबार नेपाल र बंगलादेश खेल्ने

नेपाल पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा, शनिबार नेपाल र बंगलादेश खेल्ने

नेपाल विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार समूह ‘ए’को खेलमा भुटानले लगातार दोस्रो हार व्यहोरेसँगै नेपालले एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको हो । नेपालले भुटानलाई मंगलबार ३–० ले हराएको थियो । बिहीबारको खेलमा बंगलादेशले भुटानलाई २–० ले हराएको हो । मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको बंगलादेशका लागि ४७औं मिनेटमा मिश्रात जहान मौसमी र ८५औं मिनेटमा सबिना खातुनले गोल गरिन् ।

यो जितसँगै तीन टिम सहभागी समूहबाट बंगलादेशपनि सेमिफाइनलमा पुगेको छ । भुटान प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार हुने नेपाल र बंगलादेशबीचको खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । प्रतियोगिताअन्तर्गत् शुक्रबारको खेलमा माल्दिभ्सले श्रीलंकासित खेल्नेछ ।

सम्बन्धित खवर