पथरी शनिश्चरे १० मा आगलागी, १५ लाख बराबरकाे क्षति

पथरी शनिश्चरे १० मा आगलागी, १५ लाख बराबरकाे क्षति

 

पथरी, माेरङकाे पथरी शनिश्चरे १० जागृति टाेलमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएकाे छ ।

मंगलबार बिहान करिब १० बजेबाट सुरुभएकाे आगाे १०:५० मा नियन्त्रणमा आएकाे हाे । आगाे नियन्त्रणका लागि कानेपाेखरी, बेलबारी र उर्लाबारीका गरि ३ वटा दमकल खटिएका थिए । इलाका प्रहरी कार्यालय पथरी र दमकलकाे सहयाेगमा आगाे नियन्त्रणमा लिइएकाे इलाका प्रहरी कार्यालय पथरीले जनाएकाे छ ।

छाेरा भिम राई, बुहारी दर्शनका लागि बिहानै बुढासुब्बा गएकाे आमा मनमाया राईले जानकारी दिनुभयाे । आफुपनि घरबाहिर रहेकाे बेलामा अचानक आगाे लागेकाे मनमायाले बताउनुभयाे । २ तले काठकाे घरबाट २ वटा खाट बाहेक केही सामान निकाल्न सकिएन । घरमा भएकाे २ ताेला सुन, १० ताेला चाँदी, १ भकारी धान लगायत खाद्यान्न, धनिपुर्जा लगायतका कागजात, लत्तकपडा सबै जलेकाे छ ।

सम्बन्धित खवर