उर्लाबारीबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको ठुलो परिमाणमा चिनी तथा सुर्ती बरामद

उर्लाबारीबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको ठुलो परिमाणमा चिनी तथा सुर्ती बरामद

मोरङको उर्लाबारीबाट अबैध रुपमा भन्सार छली गरी ल्याएको ठुलो परिमाणमा चिनी तथा सुर्ती बरामद गरिएको छ ।

विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी ९ गुरूङ टोल स्थितबाट २७ बोरा चिनी र ७ बोरा खैनी फेला पारी बरामद गरेको हो ।

उर्लाबारी ५ घर भई गुरूङ टोल बस्दै आएका पबन पोदारले अबैध रुपमा भन्सार छली गरी ल्याएका सामानहरु लुकाई छिपाइ राखेको भन्ने पाईएपछी आज विहान पौने ११ बजे खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा घर छेउमा त्रिपालले छोपेर लुकाई राखेको ७ बोरा चिनी र ४ बोरा सुर्ती फेला पारी बरामद गरेको हो ।

यसै गरी सोही स्थान छेउमा वेरारिसे अवस्थामा रहेको २० बोरा चिनी र ३ बोरा सुर्ती समेत फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । यसरी बरामद गरिएको करिब ९४ हजार ५ सय बराबरको चिनी तथा १७ हजार ५ सय बराबरको सुर्ती र मानिस सहितलाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाउने कार्य भईहरेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर