वडा नं ३ बन्यो नगर स्तरीय फुटबल प्रतियोगीताको च्याम्पियन

वडा नं ३ बन्यो नगर स्तरीय फुटबल प्रतियोगीताको च्याम्पियन

मोरङको पथरी शनिश्चरेमा सम्पन्न नगर स्तरीय फुटबल प्रतियोगीताको उपाधि पथरीशनिश्चरे वडा नम्बर ३ ले जितेको छ । नगरको १० नम्बर वडामा रहेको भुटानी शरणार्थी शिविर स्थित खेलकुद समिति सी.वाई.सी.को आयोजनामा सम्पन्न प्रतियोगीतामा वडा नम्बर ८ लाई टाई–बे्रकरमा पाखा लगाउदै ३ नम्बर वडाले उपाधि कब्जा गरेको हो । निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि खेल टाई–बे्रकरतर्फ धकेलिएको थियो । टाई–बे्रकरमा वडा नम्बर ८ का सौरज राउत र तिर्थराज बस्नेत गोल गर्नबाट चुक्दा वडा नम्बर ८ उपाधि सुम्पन बाध्य बन्यो । वडा नम्बर ८ का लागी एलि लिम्बू, महेन्द्र मगर र समिर याख्खाले टाई–बे्रकरमार्फत गोल गरे पनि जीतका लागी अपर्याप्त बन्यो । वडा नम्बर ३ को जीतका लागी सारा फागो, वेन्जामिन लिम्बू, जुनियर साँवा र जहरमान लिम्बूले गोल गरे ।
प्रतियोगीताको उपाधिसँगै वडा नम्बर ३ ले नगद ७५ हजार रुपैँया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको वडा नम्बर ८ ले नगद ५० हजार रुपैँया प्राप्त गरेको छ । प्रतियोगतिाको फाइनल खेलको मेन अफ द म्याच विजेता टोलीका गोल रक्षक चेतन खतिवडा बनेका छन् भने प्रतियोगीताकै उत्कृष्ट गोल रक्षकको उपाधि समेत खतिवडाले जितेका छन् । प्रतियोगीताको उत्कृष्ट डिफेन्डर वडा नम्बर ३ का समिर याख्खा बनेका छन् । प्रतियोगीता भरमा सर्वाधिक गोलकर्ता वडा नम्बर ९ का सेनेहाङ लिम्बू रहेका छन् । त्यसैगरी उत्कृष्ट मिड–फिल्डर ८ नम्बर वडाका सुजन खत्री घोषित भएका छन् । प्रतियोगीताको सर्वोत्कृष्ट खेलाडि ३ नम्बर वडाका जहरमान लिम्बू बनेका छन् । प्रतियोगीताका सम्पूर्ण विधागत उपाधि विजेताले जनहीँ नगद ३ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा नगरपालिकाको प्रत्येक वडाबाट एक–एक टिमका साथै भुटानी शरणार्थी शिविर शनिश्चरे र झापाको बेलडागी शिविरबाट समेत टिम सहभागी भएको थियो ।

सम्बन्धित खवर