‘सन्थाल’ समुदायको संरक्षणमा मेयर फागोको चासो

‘सन्थाल’ समुदायको संरक्षणमा मेयर फागोको चासो

उर्लाबारी ।
उर्लाबारी नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएको ‘सन्थाल’ समुदायको संरक्षणका लागि उर्लाबारी नगरपालिकाले चासो देखाएको छ ।
नगरपालिकाको वडा नम्वर ८ मा रहेको ‘सन्थाल’ समुदायको बासस्थानको अवलोकन गर्दै मेयर खड्ग बहादुर फागोले उनिहरुको संस्कार, संस्कृति, भेषभुषा, साहित्य, भाषा, लिपिको संरक्षणमा नगरपालिकाले कदम चाल्ने बताएका छन् ।
फुसको छाना भएका एकतले झुप्रा घर झुरूप्प बाक्लै र लिसैलो माटोको लिउनले चिल्लो देखिएको घर अवलोकन गर्दै मेयर फागोले सन्थालहरुको घर लोभ हुँदै गएको र त्यसको संरक्षण आवश्यक रहेको बताए ।
त्यस्तै, उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले पनि सन्थालहरुको घरको संरक्षण गर्न सकेको खण्डमा पर्यटकीय स्थल बन्ने सक्ने बताए ।
‘सन्थाल’ समुदाय पूर्वी नेपालको झापा, मोरङ, सुनसरी जिल्लामा परापूर्वकालदेखि स्थायी बसोबास गर्ने समुदाय हो ।

सम्बन्धित खवर