उर्लावारी-२ मा १ सय ३ अपाङगताले पाए स्थानिय सरकारको साथ

उर्लावारी-२ मा १ सय ३ अपाङगताले पाए स्थानिय सरकारको साथ

उर्लावारी । मोरङको उर्लावारी नगरपालिका वडा नम्वर २ मा १ सय ३ जना अपाङगता भएका व्याक्तिहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।
वडा नम्वर २ ले आफ्नो वडामा विभिन्न कारणले अपाङगता भएका व्याक्तिहरुको निशुल्क स्वास्थ्य उपाचार गराउनुका साथै परिचय पत्र पनि वितरण गरेको हो ।
विभिन्न प्रकारका आपङगता भएका व्याक्तिहरुको पहिचान गरि उनिहरुलाई सेवा सुविधामा पहुच स्थापित गर्न र सेवा सुविधाको योजना निर्माण गर्न सहयोग पुर्‍याउनु स्थानिय सरकारको दायित्व भएका कारण सो दायित्व पुरा गर्न वडाले विशेश्ज्ञय डाक्टरहरुको सहयोगमा उनिहरुको स्वास्थ्य परिक्षण गरि परिचय पत्र वितरण गरिएको वडा अध्यक्ष राजन कुमार कडेलले बताए ।
कार्यक्रममा पूणर्अश्क्त अपाङगता, अत्ति अशक्त अपाङगता, मध्यम अपाङगता र सामान्य अपाङगता भएका व्याक्तिहरुको स्वास्थ्य परिक्षण गरि परिचय पत्र वितरण गरिएको हो ।
अपाङगता भएका व्याक्तिको अधिकार सम्वधि ऐन र अपाङगता भएका व्याक्तिको अधिकार सम्वधी अन्तराष्ट्रिय महाशन्धि २००६ मा नेपाल सरकारले जनाएको प्रतिवद्धता बमोजिम अपाङगता भएका व्याक्तिहरुलाई प्राथमिकताको आधारमा सेवा सुविधा उपलव्ध गराउनु पर्ने हुन्छ ।

सम्बन्धित खवर