कुँडहर सहकारीको अध्यक्षमा थापा

कुँडहर सहकारीको अध्यक्षमा थापा

पोखरा, कुँडहर बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले आगामि तीन वर्षका लागि विश्ववन्धु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा शिवबहादुर बराल, सचिवमा सुरेन्द्र विनोद खनाल, कोषाध्यक्षमा शुक्रराज अधिकारी, सहसचिवमा दया बराल छन् ।

सदस्यमा आनन्दी राणा (कार्की), किशोरकुमार घिमिरे, दुर्गादत्त भुर्तेल, शान्तबहादुर थापा, गौतम थापा, देवकी रायमाझी छन् ।

त्यस्तै राजेन्द्र वाग्लेको संयोजकत्वमा गुरुप्रसाद ज्ञवाली र वीरबहादुर थापा सदस्य रहेको लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ।

यसअघि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले साधारणसभा उद्घाटन गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका सदस्य सङ्गिता गौतम तिमिल्सिना, सल्लाहकार निर्मलबहादुर थापा, लेखा सुररिवेक्षण समितिका संयोजक राजेन्द्र वाग्ले, कुँडहर समाज सेवा समितिका अध्यक्ष शान्तबहादुर थापा र शेयर सदस्य सुवेदार हर्कबहादुर गुरुङले बोलेका थिए ।

साधारणसभाले कार्यवाहक अध्यक्ष विश्वबन्धु थापा र कोषाध्यक्ष गोमाकुमारी थापा रायमाझीको प्रतिवेदन पारित गरेको थियो ।

त्यस अवसरमा कर्मचारी रेनुका भुजेल र रेनुका कार्कीलाई पुरस्कृत गरिएको थियो ।

सहकारीका कार्यवाहक सभापति विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य दया बरालले स्वागत र सचिव शिवबहादुर बरालले संञ्चालन गरेका थिए ।

सम्बन्धित खवर