सिरहाको कमला नदिमा भूत मेला, हजारौँ धामी झाँक्रीहरु नदिमा भेला

सिरहाको कमला नदिमा भूत मेला, हजारौँ धामी झाँक्रीहरु नदिमा भेला

राजेन्द्र महतो, लहान

सिरहा तथा धनुषाको सिमानामा पर्ने कमला नदिमा पवित्र स्नान गर्न प्रत्येक बर्ष झै यस वर्ष पनि कात्तिक शुक्ल पुर्णिमाका दिन लाग्ने भूत मेलामा सिकारु धामी झाँक्रीहरुको ठुलो घुइचो लागेको छ ।

सोमबार विहानै सूर्योदयसंगै उनिहरुले कमला नदिमा सिद्ध स्नान गरेका छन् । सिकारु धामी झाँक्रिहरुले कार्तिक पूर्णिमाका दिन पवित्र नदिहरुमा स्नान गर्दा सिकेको जादु तथा टुना स्थायी हुने मान्यता रहेको उनिहरु बताउँछन् ।

पहेलो साडीमा सजिएका महिला तथा रातो पहेलो धोती कुर्तामा सजिएका पुरुषको टोली हातमा बेत नचाउदै तथा सुमधुर महराइ गाउदै विभिन्न देवि देउताको स्वाग गर्दै सिरहा तथा सप्तरीको विभिन्न गाउँहरुबाट विहानैदेखि मेलाका लागि प्रस्थान गरेका छन् ।

कार्तिक स्नान नगरेसम्म धामीघााक्रिहरु पाको मानिदैन मेला भर्न आएका जनकपुर नगरपालिका १ निवासी रामु सदायले भने — जादुटुना सिकेर पनि जगतलाई भलाई गर्न सकिएन भने सिकेर के फाइदा उनले बताए । कमला नदिमा वर्षेनी भूत मेला लाग्ने गरेको छ जहाँ सिरहा, सप्तरी, धनुषा, महोतरीका हजारौ सिकारु धमि धाँक्रिहरु सहभागि हुन्छन् ।

धामी झाक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात कार्तिक शुक्ल पुर्णिमाको दिन स्नान गर्ने सदियौंको परम्परा भएको सर्वसधारणहरु बताउछन् । स्नान गरेपश्चात मेलामा दहि च्यूरा खाने प्रचलन रहेको सहभागिहरुले बताए ।

सम्बन्धित खवर