मुम्बई आइपिएलको शिर्ष स्थानमा

मुम्बई आइपिएलको शिर्ष स्थानमा

इन्डियन प्रिमियर लिग क्रीकेट आइपियलमा राजस्थान रोयल्सलाई ५७ रनको फराकिलो अन्तरले हराउदै मुम्बई इन्डियन्स शिर्ष स्थानमा उक्लिएको छ ।गएराति भएको खेलमा मुम्बईले राजस्थानलाई ५७ रनको फराकिलो अन्तरले हराउन सफल भयो।

टस जितेर पहिलो ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९३ रन बनाएको थियो।मुम्बईलाई विशाल स्कोरमा पुर्याउन सुर्यकुमार यादवले ४७ बलमा ११ चौका तथा २ छक्काको मद्दतले सर्वाधिक ७९ रन बनाए।भने कप्तान रोहित सर्माले ३५,हार्दिक पाण्डेले ३० तथा क्विन्टन डि ककले २३ रनको योगदान गरेका थिए।

राजस्थानका लागी श्रेयस गोपालले दुई तथा जोआफ्रा आर्चर र कार्तिक त्यागिले १/१ विकेट लिए।

१९४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थान रोयल्सले १८.१ ओभरमा सबै विकेट गुमाएर १३६ रनमात्र बनाउन सक्यो।

राजस्थानका ओपनर जोस बटलरले विस्फोटक ब्याटिङ गर्दै ४४ बलमा ५ छक्का तथा ४ चौकाको मद्दतले ७० रन बनाएपनि टिमलाई जिताउन सकेनन् ।भने जोआफ्रा आर्चरले २४ रन बनाए।

राजस्थानलाई सस्तैमा समेट्न मुम्बईका लागी जसप्रीत बुम्राहाले ४ ओभरमा २० रन खर्चदै सर्वाधिक ४ विकेट लिए भने जेम्स प्याटिन्सन तथा ट्रेन्ट बोल्टले २/२ तथा राहुल चाहर र किरन पोलार्डले १/१ विकेट लिए।

खेलको म्यान अफ द म्याच मुम्बईका सुर्यकुमार यादव घोषित भए।

आइपियल अन्तर्गत आज राति चेन्नैइ सुपर किङ्स तथा कोलकाता नाइटराइडर्स बीच खेल हुनेछ।

इन्डियन प्रिमियर लिग क्रीकेट आइपियलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्स विरुद्ध ठुलो अन्तरको जित निकालेको छ।युएईमा जारि आइपियलमा गएराति भएको खेलमा मुम्बईले राजस्थानलाई ५७ रनको फराकिलो अन्तरले हराउन सफल भयो।

सम्बन्धित खवर