कोरोना भाइरसको वर्तमान अवस्था गम्भीर : डब्लूएचओ

कोरोना भाइरसको वर्तमान अवस्था गम्भीर : डब्लूएचओ

 

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले कोरोना भाइरसको वर्तमान अवस्था गम्भीर रहेको चेतावनी दिएको छ । डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले घोषणा गरे भन्दा सबैभन्दा गम्भीर विश्वव्यापी स्वास्थ्य संकट भएको बताएका छन् ।

पछिल्लो ६ साताको तथ्यांक अनुसार कोरोना महामारी तीब्र गतिमा फैलिएको उनको भनाई थियो । महामारीबारे समीक्षा गर्नका लागि डब्ल्यूएचओको आपत्कालीन समितिको बैठक यसै साता पुनः बोलाउने उनले बताए ।

यसअघि विश्व स्वास्थ्य संगठनले अन्य पाँचवटा इबोला, ९दुई पटक०, जीका, पोलियो र स्वाइन फ्लुलाई स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ ।

गत जनवरीमा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरिएयता विश्वभरि एक करोड ६० लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । साढे ६ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।

उनले भने, “कोभिड–१९ ले हाम्रो विश्वलाई बदलिदिएको छ । त्यसले मानिस, समुदाय र देशलाई एकसाथ ल्याइदिएको छ र उनीहरूलाई अलग पनि पारिदिएको छ ।“ कोरोना भाइरससँग जुझ्नका निम्ति विश्वले ठूलो प्रयत्न गरिरहे पनि अझै धेरै गर्न बाँकी रहेको उनले बताए ।

सम्बन्धित खवर