नेकपा विवाद उत्कर्षमा : प्रचण्डका खास मानिने थापा, रायमाझी र भट्टले छोडे साथ

नेकपा विवाद उत्कर्षमा : प्रचण्डका खास मानिने थापा, रायमाझी र भट्टले छोडे साथ

काठमाडौं – पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व माओवादी समुहका नेताहरुले नै साथ छोडेका छन् । मंगलबार ओलीइतरका नेताहरुको सहभागीतामा बसेको नेकपाको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य राम बहादुर थापा, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी र लेखरा भट्ट सहभागी भएनन् । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा २ जना आमन्त्रितसहित ३१ जना स्थायी कमिटी सदस्य सहभागी थिए ।

नेकपा स्थायी कमिटीमा अहिले ४४ जना सदस्य छन् । तर बैठकमा प्रचण्ड निकट मानिने केहि नेताहरु भने सहभागी भएनन् । बैठकमा रामबहादुर थापा, टोप बहादुर रायमाझी , लेखराज भट्ट र मणी थापा सहभागी भएनन् । अध्यक्ष ओली पक्ष नेताहरुले उक्त बैठकलाई प्रचण्ड, मााधव नेपाल र झलनाथ खनाल गुटको भेला भनेपनि प्रवक्ता श्रेष्ठले भने यसअघि तोकिएको बैठककै निरन्तरता भएको बताएका छन् ।

पछिल्लो समय नेकपा विवाद चरम उत्कर्षमा पुगिरहेको अवस्थामा प्रचण्डका खास भनेर चिनिएका नेताहरुले प्रचण्डको साथ छोड्नुले नेकपा विवादमा झन तरङ्ग थपिदिएको छ । मन्त्रि भट्टलाइ त अध्यक्ष प्रचण्डले यसअघिनै आफ्नो कित्ता क्लियर गर्न भनिसकेका थिए भने गृहमन्त्रि थापा पदका कारण पनि ओलि छोड्न सक्ने अवस्थामा छैनन् । त्यस्तै कुनै समय बाबुराम भट्टराइका खास मानिने रायमाझी भने प्रचण्डका विश्वासपात्र होइनन् ।

सम्बन्धित खवर