नेपालको नयाँ खेलकुद ऎन भारतीय खेलकुदको नक्कल

नेपालको नयाँ खेलकुद ऎन भारतीय खेलकुदको नक्कल

चितवन : नेपाल रास्ट्रिय खेलकुद ऐन २०७७ अन्तर्गत नेपाल खेलकुद परिषद भित्र भुकम्प आएको छ। विगत वर्ष हरु देखि विभिन्न खेलकुद विद्या हरुमा गरिमामय पद मा रहेर रास्ट्रिय खेलकुद टिम हरुलाइ प्रशिक्षण गर्दै आउनु भएको प्रशिक्षक हरुको आत्मा र सम्मानमा ठोस पुगेको भान भएको छ।

नया खेलकुद ऎनको कारण खेलाडीहरु माथी प्रत्येक्ष असर पुग्ने र उनी हरुको भविस्य अन्धकार तर्फ नजाला भन्न सकिदैन। नेपालले बिगत वर्ष २०१९ को काठमाडौमा आयोजना भएको साग गेम्स मा तेक्वान्दो , कराते, सुइमिङ, बक्सिङ र अन्य खेलहरुमा राम्रो रिजल्ट हासिल गरेको थियो।

सार्क मुलुकहरुमानै दोस्रो स्थान लिन सफल भएको थियो येस्को देन खिलाडी लाई मात्रै जादैन कि कुसल प्रशिक्षक हरुको पूरा समर्पण पनि पक्का रहेको छ। नयाँ ऐन अनुसार प्रशिक्षक हरुलाइ दुइमा एक चुन्न बाद्य्य बनाएको हुनाले कि पद कि जागिर चुन्ने गराएर भुमरीमा पारिएको छ। सरकारले गरेको यो निर्णय केही हदसम्म सहि पनि छ तर देशको रास्ट्रिय टिमको लागि कुशल र अनुभवी प्रशिक्षक को अत्यन्तै जरुरत पनि हुन्छ।

प्राकृतिको नियम अनुसार कोहि पनि मानिसहरुले पहिला आफ्नो जीवन लाई सहज बनाउनको लागि जागीर र पैसाको आवश्यकता लाई पक्का अपनाउछ र तेस पछी पद र सम्मान लाई समेट्छ। सहजै भन्न पर्दा उनिहरुले खेलमा गरेको त्यागको कारणले गर्दा र देशको खेल र खिलाडिहरुको भविस्य कता जाला भनेर चिन्ताको विषय पक्का उनिहरुलाइ हृदय बाटनै उत्पीडन भएर आएको छ।

तसर्थ नेपाल खेलकुद को लागि आजिवन खेल र देशको लागि समर्पित गरिएको प्रशिक्षक र निर्णायक हरुको कौउतुहलताको विषय बन्न पुगेको छ। खेलमा उनिहरु भन्दा कुसल प्रशिक्षक र निर्णायक को प्रवेश भएत कुनै गुनासो को विषय नै भएन तर कुनै राजनीति पार्टी र सात प्रदेशमा तेक्वान्दो भित्रनै अलग अलग पार्टी कै राज हुने र मेरो खिलाडी यो पार्टी को र मेरो निर्णायक, प्रशिक्षक यो पार्टी को भन्ने वातावरण भएमा देश र देशको खेलकुद र खिलाडिको भविस्य अन्दकारमा नजाला भन्नू छैन।

खेलकुद परिषद भित्र खेल अनबिग्यहरुको प्रवेश र खेलकुद के हो भनेर नबुझ्ने र बुज्न नचाहने पद्द्को मात्रै माया गर्ने हरुको प्रवेश भएमा के गर्नेत भन्ने प्रस्न नेपाल सरकार लाई छ ? यी सबै खेलकुद ऎनहरु भारतको खेलकुद ऎन सङ्ग समन्धित छ र यो कपि पेस्ट हो। तेसैले बिगत बर्ष देखि भारतको तेक्वान्दो तल खस्केर गएको छ।

तेक्वान्दो संघ मा केइ २/४ अनुभवी प्रशिक्षक हरु पद्द्मा र जागिर मा सरकारले राख्न अत्यन्तै जरुरी छ किनकि उनि हरुको अनुभव र उपस्थिति जिम्मेवारी पद्द्मा भएमा मात्रै सहजै निस्किने छ। नत्र उनीहरुले आफ्नो जागीर लाई मात्रै ख्याल राखेर बाहिर बाट खेलको तमसा हेर्ने बहेक केइ रहन्न र घाटा उनी प्रशिक्षकहरुलाइ भन्दा देश र खिलाडीहरुलाइ प्रत्यक्ष रूपमा पुग्ने छ। तसर्थ हरेक निर्णय को पछाडी सहि र गलत पक्ष हुन्छ र तेस्को छानबिन र आलोचना हामि युवाहरुले गर्न पर्दछ

सम्बन्धित खवर