पोखरामा ३१ वर्षदेखि शुन्य जिमन्याष्टिक

पोखरामा ३१ वर्षदेखि शुन्य जिमन्याष्टिक

पोखरा : पोखरालाई खेलकुदको राजधानी भनिन्छ । यहाँ विभिन्न किसिमका खेल गतिविधि समेत हुने गर्छन् । तर, ३१ वर्षदेखि जिमन्याष्टिकको कुनै गतिविधि भएको छैन । जिमन्याष्टिक संघ कास्कीको अनुसार २०४६ साल पछि पोखरामा राष्ट्रिय जिमन्याष्टिक प्रतियोगिता भएको छैन् ।

सामान छैनन् , प्रशिक्षण हुदैन्, भएका केही सामान जीर्ण छन् । स्टोरकै अभावले व्यवस्थापन हुनैसकेन् । सामान, प्रशिक्षणकै अभाव छ । अभावकै अभावले पोखरामा वर्षैदेखि जिमन्याष्टिकका गतिविधि ठप्पै छ । शून्यप्राय नै छ । ‘सामान पनि छैन् । भएका सामान जीर्ण भएर काम लाग्ने अवस्थामा छैनन्,’ कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने, ‘पछिल्लो समय प्रशिक्षक पनि छैनन् । जिमन्याष्टिकको गतिविधि शून्य छ ।’

हिजोको अवस्थाभन्दा विल्कुल फरक छ, हिजो सामान थिए तर पूर्वाधार थिएन् । आज पोखरा रंगशालामा पूर्वाधार बन्दै गएका छन् । आवश्यक खेलकुद सामग्री छैन् । पूर्वाधार नहुँदा भए गरेको सामानबाटै जेनतेन प्रशिक्षण हुन्थ्यो । तर, अहिले सामान पनि छैन् । खेलाडी पनि छैनन् ।

प्रशिक्षणको टुंगो हुन्न । प्रशिक्षक नै नहुदाँ प्रशिक्षण हुनसक्ने अवस्था नभएको उनको भनाई थियो । कास्कीमा जिमन्याष्टिक प्रशिक्षक कृष्ण तिमिल्सिना थिए । प्रशिक्षक तिमिल्सिना पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमा प्रशिक्षण विभागमा सरुवा भएकाछन् ।

कास्की जिल्ला जिमन्या ष्टिक संघ सक्रिय नै छ । यद्यपि, प्रशिक्षण गराउनेतर्फ ध्यान दिएपनि प्रशिक्षकको अभावमा अड्किएको छ । सामान पनि उपलब्ध छैनन्’, कास्की जिल्ला जिमन्याष्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङले भने, ‘हिजो भएका प्रशिक्षकले पनि प्रशिक्षण नगराउँदाको दुर्दशा अहिले देखिएको छ ।’ प्रशिक्षणनै नहुदाँ खेलाडी उत्पादनहुने सम्भावना नै भएको उनको ठम्याई छ ।

पोखरा रंगशालामा भन्दापनि बाहिर प्रशिक्षण गराउनध्यान केन्द्रीतहुँदा कास्कीको जिमन्याष्टिक शून्य भन्दा तलमाइनसमा झरेको अध्यक्ष गुरुङको दावि छ ।
राष्ट्रिय खेलकुद परिषद्ले पनि जिमन्याष्टिकको लागि आवश्यक सामान उपलब्ध नगराईदिदाँको पीडा संघले भोग्दै आएको छ ।

सम्बन्धित खवर