प्रिमियर लिग : वाटफोर्डबिरुद्ध चेल्सीको सहज जित

प्रिमियर लिग : वाटफोर्डबिरुद्ध चेल्सीको सहज जित

 

एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डबिरुद्ध सहज जित निकालेको छ । शनिबार राति चेल्सीले वाटफोर्डलाई ३–० ले हराएको हो ।

चेल्सीको जितमा ओलिभर जिराउड, विलियन र रोस बार्कलीले गोल गरे ।

जितसंगै चेल्सीले च्याम्पियन्स लिग छनोटको यात्रालाई सहज बनाएको छ । यद्धपी म्यान्चेष्टर युनाईटेडले शीर्ष चारको दौडमा लण्डन क्लबमाथि दबाब कायम राखेको छ ।

बार्कलीको पासमा जिराउडले २८ औं मिनेटमा चेल्सीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको अन्तिम समयमा क्रिस्टियन पुलिसिकलाई डिबक्स भित्र लडाएपछि लण्डन क्लबले पेनाल्टीको अवसर पायो । जसमा विलियनले सहजै गोल गरे । दोस्रो हाफको ईन्जुरी समयमा डिबक्स भित्र प्राप्त बलमा बार्कलीले गोल गर्दै चेल्सीलाई ३–० को जित दिलाए ।

अबरुद्ध सिजन पुन सुरु भएपछि चेल्सीले चार मध्य तीन खेलमा जित निकालेको छ । चेल्सी ५७ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसंग दुई अंकको अग्रता लिएको छ ।

पछिल्लो हारले वाटफोर्डमाथि रेलिगेशनको दबाब थपिएको छ । वाटफोर्ड २८ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।

सम्बन्धित खवर