प्रदेश स्तरीय क्यारेमबाेर्ड प्रतियोगिताको उपाधि शुकराज र जीवनले उचाले

प्रदेश स्तरीय क्यारेमबाेर्ड प्रतियोगिताको उपाधि शुकराज र जीवनले उचाले

पथरी, प्रदेश स्तरीय क्यारेमबाेर्ड प्रतियोगिताको उपाधी पथरी शनिश्चरे ९ शुकराज लिम्बु र जीवन मगरले उचालेका छन् ।

माेरङकाे पथरी शनिश्चरे १ मा रहेकाे विशाल एकता समुहकाे आयाेजनामा भएकाे खुल्ला नकआउट क्यारेमबाेर्ड प्रतियोगिताको फाइनल खेल मंगलबार सम्पन्न भएकाे हाे । साेडि वडाकाे मनकामना सामुदायिक वनमा रहेकाे कटुसे कटेजमा भएकाे खेलमा प्रदेश १ भरिका ५० जना खेलाडी सहभागी थिए ।

सबै खेलाडीलाई पछि पार्दै  लिम्बु र मगरले ट्रफि उचालेका हुन् । उनिहरुले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पारे ।

दमकका सन्तबीर राई र साङ्गे तामाङको समूह दाेस्राे भयाे । उनिहरुले २० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । यसैगरी उत्कृष्ट खेलाडी साङ्गे तामाङ घाेषित भए भने दमकका मनि साम्पाङ राई अनुशासित खेलाडी घाेषित भए ।

माघ २३ गतेदेखि सुरुभएकाे प्रतियोगिताकाे फाइनल खेल मंगलबार सम्पन्न भएकाे आयाेजक समुहका अध्यक्ष विवेक लिम्बूले जानकारी दिनुभयाे । प्रदेशमा नै याे नयाँ किसिमकाे आयाेजना गरिएकाे र क्यारेमबाेर्ड खेलबाट पनि खेलाडीहरुलाई प्राेत्साहन गर्न सकिन्छ भनेर प्रतियोगिता गरिएको सचिव प्रेम बहादुर राईले जानकारी दिनुभयाे ।

सम्बन्धित खवर