रिफ्युजी च्यालेन्ज कपमा आज टेन नवाेदय बिजयी

रिफ्युजी च्यालेन्ज कपमा आज टेन नवाेदय बिजयी

मोरङको पथरीशनिश्चरेमा जारी ५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपको शनिबारको खेलमा टेन नवोदयले संघर्षपुर्ण जित निकालेको छ ।
प्रतियोगिताको १५ औ मिनेटमा उर्लाबारीका डिफेन्स निरज बस्नेतले टेन नवोदयका बुद्ध चेमजोङ्लाई डिबक्स एरियामा फल गरेपछी पाएको पहिलो पेनाल्टीमा उर्लाबारीका किपर चरी लिम्बू बाधक बन्दा टेन, गोल गर्न बाट चुकेको थियो । पहिलो पेनाल्टी बल टेन नवोदयका बुद्धले प्रहार गरेका थिए ।
यस्तै खेलको २१ औ मिनेटमा नवोदयका सनम तामाङले प्राहार गरेको बल गोल पोस्ट्मा लागेर फर्कदा टेन नवोदय गोल गर्न बाट चुकेको थियो ।
निर्धारित ७० मिनेटको खेलमा नतिजा आफ्नो पक्षमा पार्न टेन नवोदयलाइ हम्मेहम्मे परेको थियो ।
टेन नवोदयले खेलको ७० औ मिनेट पाएको दोस्रो पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै रुपेश केशिले गरेको प्रहारले जाली चुम्दा टेन नवोदय १-० ले बिजयी बन्न सफल बन्यो ।
उर्लाबारीले खेल अवधी भर पाएका निकै सुनौला अवसरहरुलाई सदुपयोग गर्न नसक्दा उर्लाबारी प्रतियोगिता बाट बाहिरिन पुग्यो ।
उर्लाबारीका लागि खेलको ५८ औ मिनेटमा राइट हेन्ड साइड बाट सजय धिमालले गरेको शसक्त प्राहारलाई टेन नवोदयका गोल किपर अर्जुन बस्नेतले उत्कृष्ट बचाउ गरेका थिए । भने ६७ औ मिनेटमा मन्दिप धिमाल वान भर्सेस वानको अबस्थामा चुक्दा उर्लाबारीले हार ब्यहोर्नु पर्‍यो ।
शनिवारको खेलको म्यान अफ दि म्याच टेन नवोदयका रुपेश केसि घोषित हुँदै नगर २ हजार ५ सय रुपैया हात पारे । भोलिको खेल बिराटनगर र बेलडाँगीका बिचमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलिले ५१ हजार रुपैयाँमा चित्त बुझाउनु पर्नेछ। मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टर (YFC) को मुख्य आयोजनामा जारी प्रतियोगितामा विभिन्न १४ वटा टिमको सहभागीता रहने बताइएको छ । प्रतियोगीतामा दुधे फुटबल क्लब झापा, पथरीशनिश्चरे फुटबल क्लब पथरी, विन्द्यावासिनी फुटबल क्लब विराटनगर, बि.वाई.सि बेलडाँगी, एफ.एफ.सी धरान, बेलबारी फुटबल क्लब, योङ् ब्रदर फुटबल क्लब, नवोदय फुटबल क्लब पथरीशनिश्चरे, उर्लाबारी फुटबल क्लब, धरान सिटी एकेडेमी फुटबल क्लब धरान, फ्यान्स क्लब (विआरसी), लेटाङ फुटबल क्लब र आयोजक YFC को २ वटा टिमको सहभागीता रहने आयोजकले जानकारी दिएको छ। प्रतियोगीताको आयोजनाका लागी तेस्रो मुलुक पुर्नवासमा रहेको सेक्टर आई परिवार अमेरीकाले मुख्य प्रायोजन गरेको छ भने इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट अमेरीका, गौतम इरी इन्स्योरेन्स्, इन्टरनेशनल होम केयर (ILC), अमेरीकेयर हेल्थ सर्भिस यूएसए र सिएमसि फ्यान्स क्लबकाे सहयोग रहेको प्रतियोगीता संयोजक करन राईले बताउनु भयो। प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको पथरी शनिश्चरे रंगशालामा आयोजना भईरहेका छन् ।

सम्बन्धित खवर