एजेन्सी, कोरोना भाइरस संक्रमण तीव्र बनेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पुनः देशभर लकडाउन घोषणा गरेका छन् । बीबीसीका अनुसार शुक्रबारदेखि लागू हुने गरी नोभेम्बरको अन्त्यसम्म लकडाउन हुने भएको हो ।
नयाँ व्यवस्थामा अत्यावश्यक काम र स्वास्थ्य सम्बन्धी काम बाहेक अन्य काममा मानिसलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । त्यस्तै रेस्टुरेन्ट तथा बारहरू बन्द हुनेछन्। यद्दपि विद्यालय र उद्योगहरू भने खुल्नेछन् ।
फ्रान्समा बुधबार अप्रिल महिना यताकै सबभन्दा बढी दैनिक संक्रमित देखिएका थिए। बुधबार ३६ हजार ४३७ नयाँ संक्रमित भेटिएका थिए । त्यस्तै २४४ संक्रमितको ज्यान गएको थियो ।
यसैबीच जर्मनीले पनि रेस्टुरेन्ट तथा जिम लगायतका सार्वजनिक व्यवसायहरू बन्द गर्न सक्ने समाचारमा बताइएको छ ।