चट्याङ लागेर बारामा ४ जना महिलाको मृत्यु

चट्याङ लागेर बारामा ४ जना महिलाको मृत्यु

 

बारा – चट्याङ लागेर बारामा ४ जना महिलाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् ।

बिहीबार बिहान वर्षासँगै परेको चट्याङ लागेर खेतमा काम गरिरहेका बाराको कलैया उपमहानगरपालिका–१२ शीतलपुर र फेटा गाँउपालिका–१ मा गरी ४ जनाको मृत्यु भएको हो ।

खेतमा रोपाइँ गरिरहेका बेला चट्याङ लागेर कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।

यसैगरी सोही समयमा परेको चट्याङ लागेर खेतमा धान रोपिरहेका फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको बारा प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्राले जानकारी दिएका छन् ।

चटाङ लागेर घाइते भएका फेँटाका ५ जनालाई कलैया अस्पताल लगिएको छ ।

सम्बन्धित खवर