पौडी खेल्ने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु

 

नारायणपुर : पौडी खेल्ने क्रममा डुबेर दाङमा आज रोल्पाका एक युवकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिकाले वडा नम्बर १७ गुलरियामा बनाएको कृत्रिम पोखरीमा पौडी खेल्न पुगेका हाल सोही ठाउँ बस्ने २२ वर्षीय विजय केसीको अपराह्न १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सम्बन्धित खवर