१२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी न्यु स्टारलाई

१२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी न्यु स्टारलाई

रबिन्द्र बराल, रंगेली

रंगेली नगरपालिकाले १२ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको सम्पुर्ण खेल सम्पन्न गरेको छ । “ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ खेल सम्पन्न भएको हो ।

नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र निजि बिद्यालयलाई समावेश गरेर सामुदायिक विद्यालयबाट १२ वटा विद्यालय र निजि विद्यालयबाट ७ विद्यालयका कक्षा ९ देखि १२ सम्मका छात्र, छात्राहरुको उपस्थिति रहेको थियो । सो खेलमा न्यु स्टार वोडिङ स्कुल दर्वेशा प्रथम, जनता माध्यमिक विद्यालय आमतोला द्वितीय र पव्लिक उच्च माध्यमिक विद्यालय तृतीय भएको छ । भलिवल तर्फ छात्र, छात्रा तर्फ सनरे बोडिङ स्कुल बिजय भएको छ । कबडि तर्फ मिनिल्यान्ड बोडिङ स्कुल बिजय भएको हो ।कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाका मेयर दिलिप बगडिया, प्रमुख प्रशासकीय अधिकृत टोम प्रसाद सुवेदी, शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डित, वडा अध्यक्ष रामचन्द्र मंडल, स्थानीय सुरेश मिश्र, लगायत पुरस्कार बितरण गरेका थिए । खेलमा प्रथम हुने लाई ११ हजार द्वितीय ७ हजार रुपैयाँ र तृतीय हुनेलाई ५ हजार रुपैयाँ सहित सिल्ड र प्रमाणपत्र बितरण समेत गरेका थिए ।

प्रतियोगितामा दौड, कवडि, भलिबल, सटफुट, हाईजम्प लगायतका खेलहरु भएको थियो। सम्पुर्ण खेल जनता क्याम्पसको खेल मैदानमा भएको हो ।

सम्बन्धित खवर