दाङमा बस दुर्घटना, एक किशोरीको मृत्यु, २० जना घाइते

दाङमा बस दुर्घटना, एक किशोरीको मृत्यु, २० जना घाइते

दाङमा बस दुर्घटना हुदा एक किशोरीको मुत्यु भएको छ, भने २० जना घाइते भएका छन्।
दाङको घोराही देखी प्युठानको ढिकावाङ तर्फ जादै गरेको ना ३ ख ६५४२ नम्वरको बस बंगलाचुली गाउँपालिका ६ बचेनी भन्ने ठाउँमा मंगलवार दुर्घटना हुदा बसमा सवार प्युठान माण्डवी गाउँपालिका २ बस्ने वर्ष १६ की नेहा वलीको घटना स्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बस दुर्घटनामा परि अन्य २० जना घाइते भएका छन्। घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ, भने अन्यको मध्यम र सामान्य रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार दुर्घटनामा परि बंगलाचुली गाउँपालिका ६ रुपिनडाडा बस्ने ४० वर्षिय बसका सहचालक हिक्मत पुन गम्भिर घाइते भएका छन् ।
उनको उपचारका लागि कोहलपुर रेफर गरिएको छ। यस्तै बस चालक प्युठान माण्डवी गाउँपालिका १ बस्ने ३४ वर्षीय लोक बहादुर बुढा, घोराही उपमहानगरपालिका १ बस्ने ३२ बर्षिय सन्तोष परियार, घोराही १६ शर्रा बस्ने २२ वर्षया बिमला शर्मा गम्भिर घाइते भएका छन् । उक्त बस अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खसेको थियो ।

सम्बन्धित खवर