अल इन वान सबैको रोजाइमा छ (पिताम्बर घिमिरे)

अल इन वान सबैको रोजाइमा छ (पिताम्बर घिमिरे)

पिताम्बर घिमिरे
प्रिन्सीपल
अल इन वान यूनिभर्सल इन्स्टिच्यूट

दिनचर्या कसरी बिताइरहनुभएको छ ?

बिहान इन्स्टिच्यूट आएर पढाउछु, त्यसपछि विद्यालयमा पनि पढाउछु, विद्यालय छुट्टि भएपछि फेरी इन्स्टिच्यूट आउछु यसरी नै घरबाट विहान कार्यक्षेत्रमा आउने जाने गरेर बितिरहेको छ ।

अल इन वानको अवस्था चैँ हाल कस्तो छ ?

अहिलेको अवस्थामा एकदमै राम्रो छ । शनिश्चरेमा राम्ररी घुलमिल हुन सकेका छौँ । सबै अभिभावकहरुले विश्वास गर्नुभएको छ । विद्यार्थीहरु पढ्न आएका छन् । सबै योग् शिक्षकहरु हुनुहुन्छ । सुरुसुरुमा अलिक गाह्रो थियो । किनभने मासिहरुसंग त्यति चिनजान थिएन । शिक्षकहरुलाई पनि उर्लाबारीबाट आउदा निकै गाह्रो हुन्थ्यो तर अहिले सबै यता कै हुनुहुन्छ त्यसैले अहिले इन्स्टिच्यूटको अवस्था निकै राम्रो छ । अहिले अल इन वान सबैको रोजाइमा छ ।

अल इन वानमा कम्प्युटर बहेक अन्य विषयहरुको पनि अध्ययन हुन्छ ?

हो यहाँ कम्प्युटर बाहेर विभिन्न लेबलका ट्युसन कक्षहरु पनि अध्यापन गराउछौँ । जस्तो कक्षा ७ देखि वि.एड कक्षा सम्मका ट्युसन कक्षाहरु अहिले हेरिरहेका छौँ । यस बाहेक जापानिज भाषा, कोरियन भाषा र इङ्लिस ल्याङ्ग्वेजका कक्षाहरु पनि चलाइरहेका छौँ । र अवश्यक्ता भएका बेलामा आएल्स कक्षाहरु पनि गराउने गरेका छौँ । समग्रमा भन्दा हामीसंग आएका जो सुकै विद्यार्थीलाई पनि हामी सेवा दिने गरेका छौँ, यससंगै अनलाइनका सम्पूर्ण काम देखि बिजुलीको बिल, रिचार्ज प्लेन टिकट र डिक्सहोमको रिचार्जको काम पनि गर्ने गरेका छौँ, त्यही भएर पनि हाम्रो इन्स्टिच्यूटको नाम अल इन वान राखेका हौँ ।

अल इन वानमा अहिले कस्ता विद्यार्थीहरु छन् ?

हामीसंग अहिले एसइइ दिने, कक्षा ११ र १२ को ट्यूसन कक्षा चलिरहेको छ । भर्खरै कक्षा ७, ८ र ९ का विद्यार्थीहरले परिक्षा दिइरहेका छन् । कोरियन र जापानिज भाषका कक्षाहरु पनि निरन्तर रुपमा चलिरहेका छन् । समग्रमा यस्तै यस्तै छ ।

इन्स्टिच्यूट संचालन गर्दा कस्ता चुनौतिहरु हुदाँ रहे छन् ?

चुनौति भनेको जुनसुकै कुरामा पनि हुन्छ । हामिलाई सुरुमा विद्यार्थी र अभिभावकसंग घुलमिल हुन निकै नै कठिन भयो । अहिले चैँ हामी निकै सहज महसुस गरिरहेका छौँ । सबैसंग चिनजान पनि भइसकेको छ । राम्रो वातावरण पनि निर्माण भएको छ । हामी बसेर छलफल गरेर विद्यार्थीहरुलाई कम्तिमा पनि महिना एक पटक क्लास टेस्ट गराउने गरेका छौँ । अन्य इन्स्टिच्यूट र हाम्रोमा अलिक फरक पर्छ । किनकी अन्य इन्स्टिच्यूटमा ट्युसन मात्रै पढाइन्छ तर हाम्रामा परिक्षा पनि अनिवार्य गराइन्छ त्यसैले हाम्रा विद्यार्थीले राम्रोसंग ज्ञान लिएका छन् ।

आगामी योजनाहरु पनि केही छन् ?

आगामी योजना भनेको यसलाई व्यवस्थित गर्ने भन्ने हो । यो भन्दा अझ वढि व्यवस्थीत गर्न लागि परेका छौँ अब कति सम्म सक्छौँ भन्दा हाम्रो यो दोश्रो वर्ष हो । दोश्रो वर्ष भएकाले हाल एकदमै राम्रो चलिरहेको छ । अघिल्लो वर्ष हामीले विद्यार्थीहरुका लागि निःशूल्क अपरेटर कोर्ष, आरजे टे«निङ पनि गराएका थियौँ । यो पटक पनि यस्ता बुसक्स भन्दा बाहिरका कोर्षहरु पनि राख्ने योजना छ । यस्तै विभिन्न मोटिभेसनल सेमिनारहरु पनि आयोजना गर्ने योजनाहरु छन् । हामी पढाउने मात्र नभएर हामी व्यावहारिक ज्ञान पनि दिइरहेका छौँ । आगामी दिनमा कोर्षमा केही छुटका व्यवस्थाहरु पनि छन् । साथमा एसइइ दिनेहरुका लागि प्राथमिकतामा राखेका छौँ ।

यो व्यवसायबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?

वास्तवमा म यसलाई व्यवसाय नभएर सेवाको रुपमा लिन्छु । अब हामीले सेवा गरेपछि केही हदसम्म नाफा त प्राप्त गर्छौँ नै, यसबाट म निकै नै सन्तुष्ट नै छु । धेरै मानिससंग परिचय भएको छ, चिन्ने मौका पाएको छु । अन्जान ठाउँमा आएर केही गरेजस्तो लागेको छ यसकाण म यी सबै कुराले गर्दा सन्तुष्ट नै छु ।

अन्त्यमा के भन्नु हुन्छ ?

सर्वप्रथमतः सबै विद्यर्थीहरुले पढ्न प¥यो, अभिभावकले विद्यार्थीका लागि पढ्ने वातावरण बनाइदिन प¥यो । विद्यार्थीहरुले पनि राम्ररी अध्ययन गरेर केही समस्या भएका त्यस विषयमा छलफल गर्ने, सोधखोज गर्ने गरेर समस्या हल गर्नुप¥यो । यो शनिश्चरे क्षेत्रमा हामी आएका छौँ, हामीले हाम्रो लागि भन्दा पनि यो समुदायको गौरवका लागि काम गर्ने गरेका छौँ । यसलाई अघि बढाउनका लागि विद्यार्थी अभिभावकहरुको भरपुर साथ र सहयोगको आवश्यक्ता पर्दछ । उहाँहरुले सल्लाह र सुझाव दिनुहुन्छ भन्ने आशा राखेको छु । परिक्षामा समेल रहेका सम्पूर्ण विद्यार्थीहरुलाई सफलताको शुभकामना साथै आउदैँ गरेको नयाँ वर्षको पनि शुभकामना दिन चाहान्छु । अन्त्यमा अल इन वानले सबै सुबिधा दिन सक्छ तपाइको रोजाइमा पनि अल इन वान पर्न सकोस भन्ने अपेक्षा राख्दछु ।

प्रस्तुति ः अजय बास्कोटा

सम्बन्धित खवर