लेटाङमा एकै गाउँका १९ जना संक्रमित, विवाहका कारण बढि मानिसमा फैलिएको हुनसक्ने

लेटाङमा एकै गाउँका १९ जना संक्रमित, विवाहका कारण बढि मानिसमा फैलिएको हुनसक्ने

पथरी, मोरङको लेटाङ २ स्थित फँडानीमा एकै टोलका १९ जना कोराना संक्रमित भएका छन्।

वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार टोलका प्रत्येक घरका सदस्य संक्रमित भएका छन् । अहिले टोललाई सिल गरी सामान्य संक्रमितहरुलाई होम आइसोलेसनमा राखिएको छ । संक्रमितसंगको सम्पर्कमा आएका मानिसको पहिचान गरी कन्ट्र्याक ट्रेसिङ गर्ने र स्बाव संकलन गरी पिसिआर परीक्षणका लागि पठाउने काम पनि भईरहेको तिम्सिनाले बताए ।

रातेश मार्गमा एकै परिवारका चार जनासम्म कोराना संक्रमित भएका छन् । टोलका अन्य मानिसहरुमा पनि कोरोनासंग मिल्ने लक्षण देखिएका कारण आज (विहिबार) पनि १२ जनाको पिसिआर परीक्षणका लागि पठाइएको छ ।

केही दिनअघि गाउँमा दुई वटा विवाहका कार्यक्रम भएका थिए । विवाहमा सहभागी धेरैलाई कोरोना संक्रमण देखिएको छ । विवाहका कारण पनि धेरै गाउँलेमा कोरोना फैलिएको हुनसक्ने अध्यक्ष तिम्सिनाले बताए । गत बैशाक ११ र १७ गते सोही गाउँमा विवाहका कार्यक्रमहरु रहेका थिए ।

अहिले संक्रमितहरु मध्ये एकजनाको नोवेल अस्प्ताल बिराटनगरमा उपचार भइरहेको छ भने अन्य सामान्य संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् ।

========================================================================

सम्बन्धित खवर