विराटनगरका शैक्षिक संस्थाहरु नियमित रुपमै संचालन हुने

विराटनगरका शैक्षिक संस्थाहरु नियमित रुपमै संचालन हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढ्दो वायुप्रदुषणको कारण देखाउदै देशभरका शिक्षण संस्था चैत १७ गते मंगलबारदेखि २० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेपनि विराटनगर महानगरपालिकाले भने विद्यालय नियमितरुपमै संचालन हुने एक विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।

विराटनगरमा वायु प्रदुषण नरहेको भन्दै विद्यालय नियमित रुपमै संचालन हुने जनाएको छ । विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक विज्ञप्ती जारी गर्दै कोभिड १९ महामारीले लामो समय बन्द भएको विद्यालय भर्खरै सञ्चालनमा आएका शैक्षिक गतिविधि नरोक्न सुचित गराएको छ ।

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै यस अघि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ ।

जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।

सम्बन्धित खवर