सिरहामा दलित महिलाहरुलाई सर्फ बनाउने तालिम

सिरहामा दलित महिलाहरुलाई सर्फ बनाउने तालिम

राजेन्द्र महतो, लहान

आर्थिक अवस्था कमजोर भएका दलित समुदायको आर्थिक स्तर उकास्ने उद्धेश्यले सिरहाको कल्याणपुर नगरपालिका ११ मा दलित महिलाहरुलाई एक हप्ते सर्फ बनाउने तालिम दिएको छ ।

कल्याणपुर नगरपालिका वडा नं. ११ को आर्थिक सहयोग तथा दलित विकास मञ्च सिरहाको सहकार्यमा उत्तm तालिम संचालन गरेको हो । शनिबार सम्मपन्न तालिममा वडा नं. ११ भित्रका गरिब, दलित लगायत ५० जना भन्दा बढी महिलाको सहभागीता रहेको दलित विकास मञ्च सिरहाले जनाएको छ ।

गत आइतबार देखि ७ दिन सम्म चलेको सो तालिममा महिलाहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्वेश्य रहेको संस्थाका कार्यक्रम संयोजक रबिन महराले बताए । तालिमको शान्ति पासवानले सहजिकरण गरेकी हुन् ।

सम्बन्धित खवर