कटहरीको कृषि फार्ममा भएको आगलागीमा ३४ खसी र ४० कुखुरा मरे

कटहरीको कृषि फार्ममा भएको आगलागीमा ३४ खसी र ४० कुखुरा मरे

मोरङको कटहरी गाउँपालिका–७ थलाहास्थित एउटा कृषि फार्ममा बिहीबार (आज) बिहान आगलागी भएको छ । देवेन्द्र भट्टराई र प्रतीक केसीले सञ्चालन गरेको सगरमाथा कृषि फार्ममा बिहान ४ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार घटनामा परेर फार्ममा पालिएका ३४ वटा खसी र ४० वटा कुखुरा मरेका छन् ।

 अचानक आगलागी भएपछि बाहिर निकाल्न नपाउँदा खसी र कुखुरा जलेर मरेको जानकारी उनले दिए । घटनामा तीन लाख ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ । स्थानीय बासिन्दा र प्रहरीलाई आगो नियन्त्रणमा लिन झन्डै एक घण्टा लागेको थियो । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने जनाउँदै प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: