प्रधानमन्त्री ओलीद्वारा तिनाउ बसन्तपुर केबलकारको शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा तिनाउ बसन्तपुर केबलकारको शिलान्यास

काठमाण्डाै : प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलदेखि पाल्पाको तिनाउ बसन्तपुर जोड्ने लुम्बिनी केबलकार परियोजनाको शिलान्यास गर्नुभएको छ । केबलकारको स्टेशन रहने बुटवलको गोलपार्क बमघाटमा प्रधानमन्त्रीले परियोजनाको शिलान्यास गर्नुभएको हो ।

तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने  पाल्पाको बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताउनुभयो ।

कोभिडले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस परियोजनाले सहयोग पुर्याओस् भन्ने आफ्नो शुभकामना रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुटवल–वसन्तपुर क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप आयोजना सुरु गरेको बताउनुभयो ।

सम्बन्धित खवर