कैलालीमा कार्यवाहक वडाध्यक्षको घरमा प्रेमिका मृत अवस्थामा फेला

कैलालीमा कार्यवाहक वडाध्यक्षको घरमा प्रेमिका मृत अवस्थामा फेला

कैलाली : कैलालीमा कार्यवाहक वडाध्यक्षको घरमा २२ वर्षीया प्रेमिका अञ्जिता चौधरी मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीको घरमा उनकी प्रेमिका चौधरी आज बिहान मृत अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिवार परिवारले वडा सदस्यको घरमा अञ्जितालाई छाडेर फर्केका थिए ।लामो समयदेखि प्रेम सम्बन्धमा रहेका निरज र अञ्जिताबीच विहे नहुँदै निरजले अर्की महिलालाई घरमा भित्र्याएपछि परिवारले उनलाई निरजको घरमा जिम्मा लगाएका थिए ।

दुवै पक्षबीच छलफलपछि अञ्जितालाई पत्नी बनाएर राख्न स्वीकार गरेका निरज अहिले फरार छन् । अर्की महिलासँग झगडा परेको भनेर माइतीमा खबर गरेकी अञ्जिता विहान मृत फेला परेपछि परिवारले किटानी जाहेरी दिएका छन् । मृतकको दाजु रमेश चौधरीले १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी बताउनुभयो ।

चौधरी पासो लगाएको अवस्थामा भेटिएपनि खुट्टा भुईमा टेकिएको र बाहिरबाट ताल्चा लगाएका कारण हत्या गरिएको आशंका गरिएको छ । उक्त वडाका अध्यक्ष नरेन्द्र शाहको केही महिनाअघि कोरोना भाइरसका कारण मृत्यु भएको थियो। त्यसपछि चौधरीलाई कार्यवाहक वडाअध्यक्ष दिइएको थियो।

सम्बन्धित खवर