विलियम्सन टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा

विलियम्सन टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा

न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा विलियम्सन शीर्ष स्थानमा कायम रहेका हुन् ।

यस्तै अष्ट्रेलियाका स्टिभ स्मिथ दोस्रो स्थानमा उक्लिएका छन् ।

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई पछि पार्दै स्मिथ दोस्रो स्थानमा उक्लिएका हुन् ।

अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने चौंथो र पाकिस्तानका बाबर आजम पाँचौं स्थानमा रहेका छन् ।

नयाँ वरीयता अनुसार इंग्ल्यान्डका बेन स्टोक्स, भारतका अजिन्का रहाने, भारतका चेतेश्वर पुजारा, न्युजिल्याण्डका हेनरी निकोल्स र अष्ट्रेलियाका डेभिड वार्नर छैटौंबाट क्रमशः दशौँ स्थानमा रहेका छन् ।

बलिङतर्फ अष्ट्रेलियाका पाट कुमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् ।

इंग्ल्यान्डका स्टुवार्ड बोर्ड दोस्रो, न्युजिल्यान्डका निल वाग्नेर तेस्रो, न्युजिल्याण्डका टिम साउथी चौंथो र अष्ट्रेलियाका जोस हाजलउड पाँचौं स्थानमा छन् ।

अलराउण्डरतर्फ इंग्ल्यान्डका बेन स्टोक्स शीर्ष स्थानमा यथावत रहेका छन् ।

भारतका रबिन्द्र जडेजा दोस्रो, वेष्ट इन्डिजका जासन होल्डर तेस्रो, बंगलादेशका शाकिब अल हसन चौंथो र न्युजिल्याण्डका केली जेमिसन पाँचौ स्थानमा रहेका छन् ।

सम्बन्धित खवर