जुवा खेलिरहेको अवस्थामा तुलसीपुरबाट १५ जना जुवाडे पक्राउ

जुवा खेलिरहेको अवस्थामा तुलसीपुरबाट १५ जना जुवाडे पक्राउ

दाङ : दाङको तुलसीपुरबाट १५ जना जुवाडे पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाउँका खुमानसिंह वलीको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

वलीको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा गएको प्रहरीले ३ लाख ३९ हजार ६ सय ६० रुपैयाा नगद्सहित उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय पूर्णबहादुर डाँगी, ५२ वर्षीय थलबहादुर बुढाथोकी, ३७ वर्षीय ओमकार वली, ४२ वर्षीय ज्ञानबहादुर डाँगी, ४५ वर्षीय नउले भण्डारी, ४६ वर्षीय तिले बस्नेत, २७ वर्षीय डम्मर केसी र ३७ वर्षीय खुमनसिंह वली छन् ।

यसैगरी ३७ वर्षीय नरबहादुर डाँगी, ५० बर्षीय लालबहादुर गुरुङ, ५० वर्षीय प्रकाश पुन, ३७ वर्षीय रामरोशन बस्नेत, ५० वर्षीय कुशल शर्मा, ४७ वर्षीय चन्द्रप्रकाश अधिकारी र ४७ वर्षीय रामचन्द्र डाँगी पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सम्बन्धित खवर