आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो

आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो

काठमाण्डौ : आज सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ ।

छापावाला सुन हिजो तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँ घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजाबी सुन तोलाको ९३ हजार छ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलामा पाँच रुपैयाँ घटेर तोलाको एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित खवर