अवैध हातहतियार सहित रुपन्देहीबाट एक जना पक्राउ

अवैध हातहतियार सहित रुपन्देहीबाट एक जना पक्राउ

रुपन्देही : अवैध हातहतियार सहित रुपन्देहीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीको पल्हीनन्दन गाउँपालिका(४ बस्ने २० वर्षीय निरज कुर्मी रहेका छन् ।

रोहिणी गाउँपालिका ३ रामनगरबाट सर्टगनको गोली जस्तो देखिने वस्तु १ थान, थ्री नट थ्री राइफलको गोली जस्तो देखिने वस्तु १ थान र नियन्त्रित लागूऔषध नाईट्राभेट ४२ ट्याब्लेट सहित कुर्मीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले लु २५ प ६६९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार निरजको झोलामा उक्त सामानहरू फेला पारी पक्राउ गरेको हो ।

सम्बन्धित खवर