भारतमा पनि देखियो नयाँ स्वरुपको कोरोना भाइरस

भारतमा पनि देखियो नयाँ स्वरुपको कोरोना भाइरस

काठमाडौं : भारतमा ६ जनामा नयाँ स्वरुपको कारोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलायतबाट आएकामध्ये ६ जनामा संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइशोलेसनमा राखिएको अधिकारीहरुले बताएका छन् ।

नयाँ स्वरुपको कोरोना भाइरस सर्ने सम्भावना पहिलेको भन्दा बढी भएपनि सोही अनुपातमा खतरानाक नरहेको विज्ञहरुले बताएका छन । विश्वमा अमेरिकापछि दोस्रो बढी प्रभावित मुलुक भारतमा हालसम्म १ करोड बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ ।

नयाँ स्वरुपको कोरोना संक्रमण पुष्टि भएका ६ जनाका आफन्त र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ सुरु गरीएको पनि बीबीसीले उल्लेख गरेको छ ।

पछिल्लो एक महिनामा मात्र बेलायतबाट ३३ हजार जना भारत आएका थिए । तीमध्ये १ सय १४ जनामा संक्रमण पुष्टि भएकोमा ६ जनामा नयाँ भाइरस देखिएको हो ।

सम्बन्धित खवर