कृषिजन्य गतिविधिलाई सहकारी मार्फत सञ्चालन गर्न जोड

कृषिजन्य गतिविधिलाई सहकारी मार्फत सञ्चालन गर्न जोड

पोखरा : पोखरा महानगरपालिका वडा नं ३३ स्थित भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा मंगलवारदेखि सुरु भएको छ ।

साधारणसभाको एक समारोकाबीच पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गर्दै कृषिजन्य गतिविधिलाई सहकारी मार्फत सञ्चालन गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने अहिलेको आवश्यकता रहेकामा जोड दिए ।

सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै  साविक भरतपोखरी गा.वि.स.का वडामा चरणवद्ध रुपमा तीन दिनसम्म साधारणसभाका कार्यक्रम सञ्चालन गरिने वताए ।

सहकारीका सदस्य वसन्तराज लम्सालले सञ्चालन गरेको कार्यक्रममा रामप्रसाद पौडेलले स्वागत गरेका थिए । सहकारीले लगभग तीन करोड रुपैयाँबराबरको कारोबार गरेको छ ।

सम्बन्धित खवर