प्रदेश १ मा ४१९ जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा ४१९ जना कोरोना संक्रमित थपिए

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१९ जना कोरोना संक्रमण देखिएको छ । प्रदेश सरकारको समाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ३४४, मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा २११ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ८१ महिला र १३० पुरुष छन् । सुनसरीकै इटहरीमा ११९ र इनरुवामा १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा ३१, रतुवामाईमा १२, बुढीगंगामा ७, कटहरीमा २, सुन्दरहरैचा, मिक्लाजुङ, धनपालथान र लेटाङमा १–१, झापाको दमकमा ५, विर्तामोड र गौरादहमा १–१, उदयपुरको बेलकामा ३, रौतामाईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता भोजपुरको पडानन्द, पाँचथरको कुम्बायक र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार १७० पुगेको छ ।

प्रदेशमा मंगलबार १९ जना डिस्चार्ज भएका छन् । मेची अस्पतालबाट ८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ४–४, धाईजन आईसोलेसन केन्द्रबाट २ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म ४ हजार ८७३ जना डिस्चार्ज भएका छन ।

प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १५५ महिला र २६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ३९ हजार ९२८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर