बार्सिलोनाले मेस्सीसंगको सम्बन्धका कारण आफुलाई क्लब बाहिर पठाएको हो : लुइस सुआरेज

बार्सिलोनाले मेस्सीसंगको सम्बन्धका कारण आफुलाई क्लब बाहिर पठाएको हो : लुइस सुआरेज

एजेन्सी : लुइस सुआरेजले बार्सिलोनाले मेस्सीसंगको सम्बन्धको कारण आफुलाई क्लब बाहिर पठाएको बताएका छन् ।

उनले मेस्सीसंग आफुलाई छुटाउन बार्सिलोनाले क्लब बाहिर निकालेको उल्लेख गरेका हुन् ।

गत महिनामात्र सुआरेजले ला लिगा क्लब एट्लेटिको मड्रिडमा आबद्ध भएका थिए । उनी बार्सिलोनाका सर्वाधिक तेस्रो गोलकर्ता हुन् । उनले नाउ क्याम्पमा ६ वर्ष बिताउँदै १ सय ९८ गोल गरेका छन् ।

बार्सिलोनाले कोरोना भाइरसका कारण वित्तिय अवस्था खराब बनेपछि खर्च कटौतीको रुपमा उरुग्वेका फरवार्डलाई अन्यत्र क्लब जान आग्रह गरेको थियो ।

‘त्यहाँ धेरै विरोधाभाष छन् ।’ उनले इएसपीएनलाई भनेका छन्, ‘यदी एक वित्तिय समस्या थियो र यदी यो खेलको मुद्धा थियो भने म समाधान गर्न चाहन्थे । तर उनीहरुले मलाई बाहिर पठाउने निर्णय किन लिए भनेर प्रष्ट बनाएनन् ।’

सुआरेजलले भने, ‘लाग्छ, उनीहरु मेस्सीसंग मलाई छुटाउन चाहन्थे । मेस्सीसंगको मेरो सम्बन्धका कारण उनीहरु निराश थिए । उनीहरु चाहदैन थिए कि मेस्सी मसंग रहु । टिमलाई घाटा हुने निर्णयको मैले कुनै कारण भेटेको छैन ।’

‘हामी मैदानमा लगातार एक आपसको खोजी गर्दथ्यौ । किनकी त्यो टिमका लागि आवश्यक थियो । हुन सक्छ, उनीहरु मेस्सीलाई अरु खेलाडीसंग धेरै खेलेको हेर्न चाहन्थे । यसले केही हुन सक्थ्यो । हामीलाई छुटाउने मैले कुनै कारण भेटेको छैन । किनकी हामी मैदानमा निकै राम्रोसंग खेलेका थियौ ।’ सुआरेजले भने ।

निकै तनावका बीच सुआरेजले बार्सिलोना छाडेका थिए । त्यसअघि मेस्सीले पनि बार्सिलोना छाड्ने चाहेको आफ्नो निर्णय सुनाएका थिए ।

‘उनीहरुले मेस्सीले क्लब छाड्ने निर्णयको सम्मान गर्नु पर्दथ्यो ।’ सुआरेजले भने ।

मेस्सीको बार्सिलोनासंगको सम्झौता सन् २०२१ मा सकिदैछ । गत महिनामात्र उनले आफुले क्लब छाड्न चाहेको बताएका थिए ।

सुआरेजले सिजनको अन्त्य अघि क्लब अध्यक्ष नयाँ चुनिएको खण्डमा मेस्सीले क्लबसंगको सम्झौता नविकरण गर्न सक्ने बताए । वर्तमान क्लब अध्यक्ष जोसेप मारिया बर्टोमेउसंग मेस्सीको तिव्र मतभेद छ ।

‘मेस्सीलाई आफु बार्सिलोनामा रहनुको अर्थ थाहा छ ।’ उनले भने, ‘उनले क्लबलाई यस्तो चिज दिए जसको तपाई कल्पना गर्न सक्नुहुन्न । उनी नम्बर एक हुनुको नाताले सबैभन्दा धेरै खुसी हुन आवश्यक छ ।’

‘उनी अर्को क्लबबाट खेल्ने सम्भावना पनि छ । तर यदी नयाँ बोर्ड आएको खण्डमा उनले सहज र खुसी पनि महशुश गर्न सक्छन् । उनी क्लबमा रहन चाहन्छन् । साथीसंग बस्न चाहन्छन् । यदी त्यहाँको अवस्था राम्रोसंग अघि बढ्यो भने उनी खुसी हुन सक्छन् । तर उनी अर्को क्लबमा जान पनि सक्छन् ।’ उनले भने ।

मेस्सी र सुआरेजले क्लबका अध्यक्ष बर्टोमेउ र बोर्डको आलोचना गरेका थिए ।

सुआरेजले आफुले समेत बार्सिलोनामा अझ पनि सम्मानको साथ व्यवहार गर्नका लागि अधिकार आर्जन गरेको बताउँछन् ।

सम्बन्धित खवर