सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर

सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर

सुडान : सुडानको सरकार तथा विद्रोही समूहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।

सरकार र विद्रोहीबीच करिब १ वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए । त्यहाँ दशकौंदेखि भइरहेको युद्धलाई यो सम्झौताले विराम लगाएको छ ।

विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भएर सो सम्झौतामा हस्ताक्षर गरिएको विदेशी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि संक्रमणकालीन सरकार रहेको थियो । उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु रहेको थियो ।

सम्बन्धित खवर