अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमति मेलानिया ट्रम्पलाई कोरोना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमति मेलानिया ट्रम्पलाई कोरोना

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमति मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

ट्रम्पले ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्।

यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो। नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कोरोनाको कारण क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

ट्रम्पलाई कोरोना संक्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुनेछ। यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, ब्राजिल राष्ट्रपति जैर बोल्सोनारोलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

सम्बन्धित खवर