कानेपोखरिका ७७ वर्षिय वृद्धले पाए नागरिकता

कानेपोखरिका ७७ वर्षिय वृद्धले पाए नागरिकता

राज कुमारी तामाङ, पथरी

मोरङको कानेपोखरी गाउपालिका वडा नम्बर ३ का कुवेर प्रसाद ढकालले ७७ वर्षको उमेरमा नागरिकता पाएका छ्न् ।

उनी घरपरिवार बिहिन एक वृद्ध हुन् । उनको बस्ने न घर छ न त परिवार नै उनी आफ्नो गुजारा मागेर चलाउने गर्दछ्न् । उनलाई पटकपटक वडा नम्बर ३ ले विभिन्न राहतहरु दिएर सहयोग गरेको वडा अध्यक्ष कीर्तिमान लिम्बू बताउँछन् । ढकालकाे दीर्घकालीन समस्या समाधानका लागि नागरिकता बनाइदिएको लिम्बूूूले बताए । अब सामाजिक सुरक्षाभता तथा आवासको पनि व्यवस्थापन गर्न पहल गर्ने उनले बताएका छ्न् । यो मात्र एउटा उदाहरण नभएर यस्ता थुप्रै जनताको आँसु पुछ्ने काम गरेको लिम्बू बताउछ्न् ।

यस्तै ढकालले भने आफुले नागरिकता पाउदा ज्यादै हर्सित भएको उल्लेख गर्दै अब घर पनि कतैबाट मिले ढुक्क हुने बताउछ्न् ।

सम्बन्धित खवर