प्रहरी प्रधान कार्यालयमा कार्यरत ९ जना प्रहरीमा कोरोना पुष्टि

प्रहरी प्रधान कार्यालयमा कार्यरत ९ जना प्रहरीमा कोरोना पुष्टि

काठमाडौँ – प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा थप ९ जना प्रहरीका कोरोना पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।

योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ४४ पुगेको छ । संक्रमितलाई थप उपचारका लागि बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको प्रवक्ता कडायतले जानकारी दिए ।

संक्रमितको संख्या बढ्दै गएपछि प्रधान कार्यालयभित्र बाहिरी मानिसको आउजाउमा कडा पारिएको छ । अत्यावश्यक काममा आउनेलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर प्रवेश दिइएको एसएसपी कडायतले बताए । पछिल्ला दिनमा समुदायमा कोरोना फैलने त्रास बढेसँगै सुरक्षा निकायमा कोरोना फैलिएपछी लकडाउन खुलेसँगै कोरोना नियन्त्रण बाहीर जान सक्ने खतरा बढेको छ ।

सम्बन्धित खवर