नेवि संघको अनसनमा पार्टीको ऐक्यवद्धता

नेवि संघको अनसनमा पार्टीको ऐक्यवद्धता

पोखरा : पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनसनमा कास्की कांग्रेसले ऐक्यवद्धता जनाएको छ ।

विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्तिको माग गर्दै विगत ४ दिनदेखि विद्यार्थी नेता अनसन बसिरहेका छन् ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेका नेताहरुले आन्दोलनप्रति ऐक्यवद्धता जनाएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । नेताहरु विश्वविद्यालय पुग्दा राजीव भण्डारी, फिरोज सुवेदी र दीपेन्द्र गौतम अनसनमा सहभागी थिए ।

विश्वविद्यालयमा १० महिनादेखि उपकुलपति र रजिस्ट्रार नियुक्त नहुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको विद्यार्थीहरुले बताएका छन् ।

अनसनप्रति एक्यवद्वता जनाउँदै कास्की कांग्रेसका सभापति कृष्ण केसीले विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न आग्रह गरे । उनले विद्यार्थीको मागप्रति बेवास्ता गरे अवस्था गम्भिर आउन सक्ने चेतावनी दिए ।

पूर्वमन्त्री यज्ञबहादुर थापाले सरकारले गर्नुपर्ने सामान्य काम पनि नगरेको बताए । उनले तत्काल विद्यार्थीको माग सम्वोधन गर्न आग्रह गरे ।

सम्बन्धित खवर