सिन्धुलीका किसानमा निराशा लालपुर्जा छ, जग्गा छैन

सिन्धुलीका किसानमा निराशा लालपुर्जा छ, जग्गा छैन

सिन्धुली : दुई दिनअघि परेको अबरिल बर्षाका कारण महेश्वता खोलामा आएको बाढीले मरिण गाँउपालिका–६ निवासी किसान ज्ञानबहादुर गोलेको १० कठ्ठा खेत ब गायो । आफ्नो भएको सबै खेत खोलाले बगाएपछि उहाँले अहिले निकै चि न्ता थपिएको छ । अब उहाँको हातमा लालपुर्जा छ, जग्गा छैन ।

महेश्वता खोलामा राती आएको बाढीले आफ्नो भएको सबै खेत बगाएको उहाँले सुनाउनुभयो । खेत बगाएसँग अब आफुलाई परिबार कसरी पाल्ने भन्ने पिरलो थमिएको किसान गोले बताउनुभयो । उहाँले भन्नुभयो, “यो बर्ष बेलैमा रोपाँई गरेकोले राम्रो धान फल्न आसा थियो, एकै रातमा आसा निरासामा परिणत भयो ।”

सिन्धुली जिल्लाम तिन दिनअघि परेको अबिरल वर्षाका कारण मरिण, चँदाहा, कमला, रोसी लगायतका खोलामा आएको बाढीले सयौं विगाह खेतियोग्य जमिन कटान गरेको छ । मरिणखोलामा आएको बाढीका कारण मरिण गाउँपालिका ५ स्थित बढिमुहानमा मात्र पचासौं विगाह धान खेत बाढीले कटान गरेको गाँउपालिका अध्यक्ष पानीराज बम्जनले सुनाउनुभयो ।

उहाँका अनुसार उक्त क्षेत्रमा रहेको मरिण पुलबाट पानी बस्तीतर्फ प्रवेश गरेको छ । मरिण खोलामा पानीको बाहव अत्याधिक भएकाले त्यस क्षेत्रमा खेतियोग्य जमिन कटानसँगै बडीमुहान बजार नै जो खिममा परेको छ, । बढीमुहान बजारमा मात्र एक सय पचासबढी घर तथा पसल छन् । तीमध्ये उच्च जो खिममा रहेका एक दर्जन बढी घरका मानिसलाई सुरक्षित स्थानमा सर्न भनिएको बम्जनले बताउनु भयो ।

त्यस्तै, दुधौली नगरपालिका–१४ निवासी किसान लिलाबहादुर तमाङ पनि अबिर बर्षासँगै आएको बाढीले आफ्नो आठ कठ्ठा खेतमा भर्खरै रोपेको धान बाली बगाउदा निकै चिन्तित बन्नुभएको छ । कोप्चे खोलामा आएको बाढीले उक्त उर्बर जमिनलाई कटान गरि बगर बनाएको उहाँको गुनासो छ ।

“बेलुका सुत्ने बेलासम्म रहेको आठ कठ्ठा धानखेत बिहान उठेर हेर्दा त बगर पो बनेछ,” उहाँले भन्नुभयो, “सपना जस्तै लागेको छ । रातभरि परेको पानीले पत्याउनै नसक्ने गरी खेत बगाएर सुकुम्बासी बनायो ।” उक्त कोप्चे खोला कमला नदीको सहायक खोला रहेको स्थानीय किसान बताउछन् ।

तीनपाटन गाँउपालिका अध्यक्ष कर्णबहादुर थापाले मंगलबार बिहान वडा नं. १ को बेल्घारी फाँटमा चँदाहाखोलामा आएको बाढी पसेर पुरेको बताउनुभयो । दुम्जामा माथिल्लो देवीस्थान फाँट र नेपालथोक फाँटमा रोशीले खेत कटान गरिरहेको स्थानीय उपेन्द्र कोइरालाले जानकारी दिनुभयो । व्यवस्थित तटबन्धको अभावमा सुनकोशीको ठूलो फाँटमा वर्षेनी बाढीले क्षति पुर्‍याउदै आएको उहाँले बताउनुभयो ।

सिन्धुलीको कमलाखुँज र मरिण क्षेत्रका किसान बर्सेनि खोलाको कटाको चपेटामा पर्दै आएका छन् । यो वर्ष पनि बर्षादको मौसम सुरुसँगै स्थानीय खोलामा बाढीले उर्बर खेत कटान गर्न सुरु गरेपछि किसानहरुमा चिन्ता छाएको छ । नदि नियन्त्रण राजनीतिक नारामा मात्रै सिमित बन्दा यो समस्या भोग्नु परेको उनीहरुको गुनासो छ ।

उनीहरुका अनुसार कमला नदि तथा तावा खोलामा आएको बाढीले दुधौली नगरपालिकाका दुधौली, टाँडी, हर्षाही, हत्पते सिर्थौली लदाभिर लगायतका ठाँउका उर्बर खेत कटानको चपेटामा पारेको छ । कमला नदिले आफ्नो पनि १४ विघा खेत बगाएर सुकुम्बासी बनाएको र अहिले आफ्नो हातमा लालपूर्जा मात्रै बाँकी रहेको टाँडी निवासी किसान धर्म कुमरले बताउनुभयो । त्यस क्षेत्रमा कमला नदीमा वि.सं २०४१ साल र २०५० सालमा आएको बाढीले बढि क्षेती गरेको उहाँको भनाई छ । किसान कुमरले भन्नुभयो, “कमला नदीमा पटक–पटक आएको बाढीले भएको खेत सबै कमला नदिले बगायो, अहिले बनिबुतो गरेर आफ्नो २५ जनाको परिबार पालिएका छौं ।”

स्थानीय किसानहरुका अनुसार साबिकको गाविस टाँडीमा मात्रै कमला नदीको कटानबाट १८५ घर परिवारको खेत असुरक्षित रहेको छ । कमला नदीको बाढीले जमिन कटान गरि दुधौलीको नर्कटे गाँउको छेवैमा आइपुगेको र नदीमा पानी बढ्नासाथ जुनसुकै बेला बस्ती बगाउन सक्ने ख तरा रहेको स्थानीय बासिन्दा तथा पूर्व जिविस सदस्य लालबहादुर थापा बताउनुहुन्छ ।

सम्बन्धित खवर