काम खोज्न जम्मा भएका मजदुरको स्वाब सङ्कलन

काम खोज्न जम्मा भएका मजदुरको स्वाब सङ्कलन

नेपालगन्ज : नेपालगञ्जको त्रिभुवन चोकमा दैनिक काम खोज्न जम्मा हुने मजदूरको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरिएको छ । बिहीबारबाट स्वाब सङ्कलन शुरु गरिएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो । कसौधन वैश्य समाज र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा स्वास्थ्य कार्यालयले स्वाब सङ्कलन शुरु गरेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र समाजका अध्यक्ष नन्दलाल वैश्यलगायतको उपस्थितिमा स्वाब सङ्कलन गरिएको फोकलपर्सन श्रेष्ठले जानकारी दिनुभयो । मजदूरसँगै त्रिभुवन चोक आसपासका पसल र घरका सदस्यले समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिने बताइएको छ । उहाँका अनुसार, ३६५ जनाको नाम दर्ता गरेकोमा बिहीबार १३० जनाको स्वाब सङ्कलन गरिएको छ ।

सम्बन्धित खवर