कोरोना कहर : विश्वभर ९० लाख ३८ हजार संक्रमित, ४ लाख ६९ हजार बढीको मृत्यु

कोरोना कहर :  विश्वभर ९० लाख ३८ हजार संक्रमित, ४ लाख ६९ हजार बढीको मृत्यु

एजेन्सी : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ९० लाख ३८ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार सोमबार बिहानसम्म ४ लाख ६९ हजार ६ सय बढीको मृत्यु भएको छ।

सबैभन्दा धेरै अमेरिकामा २३ लाख ५६ हजार बढी संक्रमित भएका छन्। त्यहाँ १ लाख २२ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ। दोस्रो नम्बरमा दक्षिण अमेरिकी मुलुक ब्राजिल छ, जहाँ १० लाख ८६ हजार बढी संक्रमित भएका छन् भने ५० हजार ६ सय बढीको मृत्यु भएको छ।

यस्तै, रुसमा ५ लाख ८३ हजार ८ सय ७९ जना संक्रमित र ८ हजार १ सय १ जनाको मृत्यु भएको छ भने भारतमा ४ लाख १० हजार ४ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ। भारतका हालसम्म कोरोना संक्रमणबाट १३ हजार २ सय ५४ जनाको मृत्यु भइसकेको छ।

यस्तै, पाँचौं बढी संक्रमित हुने देश बेलायतमा ३ लाख ५ हजार ८ सय ३ जना संक्रमित भएका छन् भने ४२ हजार ७ सय १७ को मृत्यु भएको छ। पेरुमा २ लाख ५१ हजार ३ सय ३८, स्पेनमा २ लाख ४६ हजार २ सय ७२, चिलीमा २ लाख ४२ हजार ३ सय ५५, इटालीमा २ लाख ३८ हजार ४ सय ९९ र इरानमा २ लाख ४ हजार ९ सय ५२ जना संक्रमित भएका छन्।

फ्रान्समा १ लाख ९७ हजार ८, जर्मनीमा १ लाख ९१ हजार २ सय ७२, टर्कीमा १ लाख ८७ हजार ६ सय ८५ र पाकिस्तानमा १ लाख ७६ हजार ६ सय १७ जना संक्रमित भएका छन्।  यस्तै, विश्वभर ४८ लाख ३४ हजार १ सय बढी कोरोना संक्रमणबाट निको भएका छन्।

सम्बन्धित खवर