एम्बुलेन्स चालकलाई समस्या, पानी किनेर खान्छु भन्दा पनि दिँदैनन् (भिडियो सहित)

एम्बुलेन्स चालकलाई समस्या, पानी किनेर खान्छु भन्दा पनि दिँदैनन् (भिडियो सहित)

भीमराज अधिकारी, पथरी

‘‘हामी एम्बुलेन्स चालक दिनरात नभनी खटिइराखेका छौँ । हामीले कुन विरामी कस्तो भनेर कसैलाई भेदभाव नगरी सेवा दिन्छौँ तर हामीले पानी किनेर खान्छु भन्दा समेत होटलवालले पानी दिँदैनन् ।’’

यो समस्याको पोको एकजनाको मात्रै हैन अधिकांश एम्बुलेन्स चालकको हो । मोरङ पथरी शनिश्चरे १ का राम शर्माले लकडाउनमा अवधीमा २ पटक काठमाडौं आउजाउ गर्दा भोगेको पिडा सुनाउनुभयो । बिरामी लिन र पु¥याउन हिडेको एम्बुलेन्स चालकले खानाको त कुरै छाडौँ पानी समेत किनेर खान पाइदैन । शर्माले पथरीकाे मनकामना साकाेसकाेे एम्बुलेन्स चलाउँदै अाउनुभएकाे छ ।

बाटामा हिड्दा अरु सवारी साधनका चालकले खाना खाइरहेका हुन्छन् तर एम्बुलेन्स चालकलाई त्यहाँ रोक्न समेत नदिने गरेको शर्माले दुखेसो गर्नुभयो । खानाका लागि कि त घरबाट टिफिन बोकेर हिड्नु पर्छ कि त चाउचाउ बिस्कुट बोकेर हिड्नु पर्छ, बाटामा खुलेका पसलले एम्बुलेन्स चालकलाई केही बेच्दैनन् शर्माले भन्नुभयो । आफु काठमाडौं पुगेपछि वडा अध्यक्षले मोरङको गाडी भनेर पार्किङ गर्न समेत नदिएको गुनासो गर्नुभयो । आफ्नो स्वास्थ्य जाँचको कागज देखाएपछि मात्रै तत्काल त्यहाँबाट हिड्न भनेर हप्काएर पठाएको शर्माले बताउनुभयो ।

यस्तै समस्या छ लक्ष्मी मगरको पनि । काभ्रे स्थाइ घर भएकी मगरले हाल सुनसरीमा मनमाया श्रेष्ठ भूवन मेमोरियल ट्रष्टको एम्बुलेन्स चलाउनुहुन्छ । काठमाडौं जाँदा एम्बुलेन्स राख्न समेत नदिएपछि बनेपा आएर बल्ल तल्ल बास बसेको मगरले बताउनुभयो । पूर्वी पहाडी क्षेत्रमा पनि एम्बुलेन्स लिएर जान सक्ने अवस्था नभएको चलकहरु बताउछन् ।

सुनसरीको डाँगी सेवा समाजका एम्बुलेन्स चालक अहिले खाँदबारी क्वारेनटाइनमा छन् । नोवेल मेडिकल विराटनगरबाट विरामी लिएर खाँदबारी गएका चालकलाई जबरजस्ती क्वारेनटाइनमा राखेको समाजका अध्यक्ष गणेश डाँगीले बताउनुभयो । अफुले सिडियो देखि आफ्नो पहुँचले भ्याउने सम्मलाई गुहार्दा पनि स्वास्थ चालकलाई क्वारेनटाइनमा राखेको डाँगीको भनाइ छ ।

पहाडी क्षेत्रमा समस्या भएपछि मोरङ र सुनसरी एम्बुलेन्स चालक संघले पहाडी क्षेत्रमा एम्बुलेन्स नलैजाने निर्णय गरेको सुनसरी एम्बुलेन्स चालक संघका अध्यक्ष भूवन मगरले बताउनुभयो । कसैले आफ्नो रिक्समा लैजान्छ भने लैजान्छ नभए हामी कसैले पनि पहाडी क्षेत्रमा एम्बुलेन्स नलैजाने निर्ण गरेका छौँ, मगरले भन्नुभयो । बाटामा एम्बुलेन्स जाँदैगरेको भेटेमा प्रहरीले नै पैदलयात्रीलाई जवरजस्ती चडाइदिने र पछि चालकहरुलाई समस्या हुनेगरेको मगरको भनाइ छ । क्वारेनटाइनमा बस्नुभन्दा बरु एम्बुलेन्स थन्काएर घरमा बस्नुपर्ने अवस्था आएको मगरले बताउनुभयो ।

अहिले अग्र स्थानमा रहेर काम गरिरहेका एम्बुलेन्स चालकलाई झन सहयोग गर्नुको सट्टा घृणाको दृष्टिले हेर्न थालेपछि चालकहरु समस्यामा परेका छन् ।

भिडियो

सम्बन्धित खवर