तरुण दल व्यास नगर समितिको विरोध कार्यक्रममा प्रहरी हस्तक्षेप

तरुण दल व्यास नगर समितिको विरोध कार्यक्रममा प्रहरी हस्तक्षेप

पाेखरा : नेपाल तरुण दल व्यास नगर समितिले आज दमौलीमा आयोजना गरिएको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

 

 

दमौलीको मुख्य चोकमा सरकारका पछिल्ला कार्यको विरोधमा आयोजित कोण सभामा प्रहरीले हस्तक्षेप गरेको थियो । तरुण दल व्यास नगरका कार्यवाहका सभापति जीवनचन्द ठकुरीले बोल्ने क्रममा प्रहरीले तरुण दलको झण्डा खोस्न खोजेको थियो ।त्यसक्रममा नेविसंघका पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनाल लगायत तरुणहरुले प्रहरी हस्तक्षेपको प्रतिरोध गरेका थिए । तरुणहरुको प्रतिरोध पछि झण्डा खोस्ने विषयमा प्रहरी पछाडि हटेको थियो ।लगत्तै कार्यवाहक सभापति ठकुरीले कार्यक्रम अन्त्य भएको घोषणा गरेका थिए ।

 

 

यसअघि कोण सभालाई सम्बोधन गर्दै नेपाली काग्रेस तनहुँका सचिव विश्व वास्तोलाले कोरोना भाइरसको मारमा परिरहँदा सरकार भने अपहरण र भ्रष्टचारमा लिप्त रहेको बताएका थिए ।सरकारका यस्ता गतिविधी नेपाली काग्रेसलाई कुनै पनि हालतमा स्वीकार्य नहुने वास्तोलाको भनाई थियो ।त्यस्तै कार्यक्रममा बोल्दै नेविसंघका पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनालले तनहुँबाट निर्वाचित सांसद र पूर्व आइजीपीको पछिल्लो हर्कतले सिङगो तनहुँबासीको शीर निहुरिएको बताएका थिए ।उनीहहरुलाई तत्काल कार्वाही गर्नुपर्ने माग समेत खनालले राखेका थिए ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीको निर्देशन अनुरुप भण्डारीको गृह जिल्लामा तरुण दलले विरोध कार्यक्रम आयोजना गरेको हो ।

 

सम्बन्धित खवर