काठमाडौं बोलाएर सामूहिक बलात्कार

काठमाडौं बोलाएर सामूहिक बलात्कार

काठमाडौं । एक महिला काठमाडौंमा सामूहिक बलात्कारको सिकार भएकी छन् । सुनसरीकी ती महिलालाई सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भएकाले काठमाडौं बोलाएर सामूहिक बलात्कार गरेका थिए ।

फेसबुकबाट चिनजान भएकाले जागिरको प्रलोभन देखाएर उनलाई काठमाडौं बोलाएका थिए । ती ३४ वर्षीय महिलाले आफूमाथि बलात्कार भएको भन्दै महानगरीय प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएकी छिन् ।

प्रहरीले घटनामा संलग्न भनिएका दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौं आरोपीलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।

पीडितको उजुरीका आधारमा झापाको गौरीगन्ज गाउँपालिका– १ घर भई काठमाडौंको बूढानीलकण्ठ– ६ बस्ने ३४ वर्षीय विशाल संग्रौला र सोही ठाउँ बस्ने ३५ वर्षीय सुवास संग्रौलालाई पक्राउ गरिएको वृत्तका प्रमुख उमेश लम्सालले जानकारी दिए ।

उनीहरुले ती महिलालाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ६ गणेशचोकस्थित सुवास संग्रौलाको घर तथा भक्तपुरको एक रिसोर्टमा लगेर बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ ।

आइतबार साँझ बूढानीलकण्ठबाटै नियन्त्रणमा लिइएका उनीहरूलाई महाराजगन्ज वृत्तको हिरासतमा राखेर जबर्जस्ती करणी मुद्दा चलाइएको छ ।

सम्बन्धित खवर