लिम्चुङबुङ गाउँपालिकाका अध्यक्षको कार्यकक्षमै बमजस्तो शंकास्पद वस्तु भेटियो

लिम्चुङबुङ गाउँपालिकाका अध्यक्षको कार्यकक्षमै बमजस्तो शंकास्पद वस्तु भेटियो

माघ १३, २०७६

उदयपुर : उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा शंकास्पद वस्तु भेटिएको छ।

अध्यक्षको कार्यकक्ष छिर्ने ढोकानजिक कुकरबाट तार जडान गरी मोबाइलमा जडान गरी राखिएको अवस्थामा शंकास्पद झोला भेटिएको हो। अहिले त्यो शंकास्पद वस्तु हटाउन नेपाली सेनाको बम डिस्पोजल इकाइमा खबर गरिएको छ।

गाउँपालिकाका प्रवक्ता एव‌ं वडा नम्बर ५ का वडाध्यक्ष केशरकुमार खड्काले नेत्रबिक्रम चन्द ‘विप्लव’ समूहले झोलाभित्र बम जडान गरी राखेकाे हुनसक्ने आशंका व्यक्त गरेका छन्‌।  शंकास्पद वस्तु राति नै राखिएको र आधुनिक डिभाइस प्रयोग गरी विस्फोट गराउन खोजिएको हुन सक्ने अनुमान गरिएको छ। अहिले बम राखिएको स्थानमा प्रहरी पुगिसकेको छ।

सम्बन्धित खवर